राजतन्त्र पक्षधरहरूले माइतीघरमा जलाए संविधान (फोटोफिचर)
काठमाडौँ । राजतन्त्रको पक्षमा रहेकाहरुले नेपालको संविधान २०७२ जलाएका छन् । संविधान निर्माण भएको सात वर्ष पुरा भएको दिन असोज ३ गते माइतीघर मण्डलामा संविधान जलाएका हुन् ।
उनीहरुले संविधान जलाउँदा प्रहरीले रोकेको छ । प्रहरीसँग सामान्य झडप भएपछि संविधान जलाउने कार्यमा संलग्न रहेका सन्ताेष राजावादी लगायतका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
संविधान जलाउन उपस्थित भएकाहरुले 'असोज ३ कालो दिन', 'व्यवस्था सकियो, संविधान सकियो', 'पुरानै संविधान लागु गर' लगायतका नारा लगाएका थिए ।
'
संविधान दिवसकै दिन टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित हर्ष बढाई गरेर दिवस मनाइयो भने माइतीघरमा संविधान जलाइएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:१५
प्रतिक्रिया दिनुहोस्