डिम्याट खाता खोल्नेको संख्या ५४ लाख माथि पुग्यो
काठमाडौँ– पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नाघेको छ।
केन्द्रीय निक्षेप प्रणाली सीडीएससीको तथ्यांङ्क अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ।
यस्तै, मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ।
सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५८
प्रतिक्रिया दिनुहोस्