Nic Ad Nic Ad
Nic Ad Nic Ad

अबको अन्तिम लक्ष्य समाजवादी मुलुक निर्माण: मन्त्री शर्मा

शुक्रबार, मंसिर ९, २०७९
सोलुखुम्बु– अर्थमन्त्री जनार्दन शर्माले केही वर्षमा विश्वका हजारौँ मानिस सगरमाथामा सेल्फी खिच्न आउने बताएका छन् । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शैयाको सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहु प्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा मन्त्री शर्माले लगानी बोर्डमार्फत महत्त्वपूर्ण योजना अघि सारिएकाले आगामी दिनमा सगरमाथा हेर्न आउनेको ओइरो लाग्ने दाबी उनले गरे। संविधानको रक्षामार्फत आर्थिक क्रान्तिमा होमिनुपर्ने भन्दै समाजवादी अर्थतन्त्रको आधार तयार गर्ने काम यस वर्षको बजेटले सुरु गरेको मन्त्री शर्माले बताए । अबको अन्तिम लक्ष्य समाजवादी मुलुक निर्माण रहेको भन्दै सोही अनुसार मुलुकको अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ । अब बाँझो जमिनमा खेती गर्ने योजना ल्याइएको र अधिकांश बजेट पालिकामार्फत आउने भएकाले जिम्मेवार भएर लाग्न उहाँले आग्रह गरे । यस वर्षको बजेटले डिजिटल शिक्षालाई अघि सारेकाले सबै विद्यालयमा एकै खालको गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने उनले बताए । उनले सबै तहमा सुविधा सम्पन्न अस्पताल सहित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:४२
प्रतिक्रिया दिनुहोस्