माओवादीको बन्दसूचीमा बाबुरामका पाँच जना अटाए
काठमाडौँ– मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा डा। बाबुराम भट्टराईको दलबाट पाँच जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ ।
नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका छन् ।
माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा बाबुरामको दलका ५ जना समावेश गरिएका छन् । सूचीमा समावेश भएका नाम भने खुलाइएको छैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:४२
प्रतिक्रिया दिनुहोस्