Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय परिचयपत्रका लागि मोरङमा २ लाख ५० हजार विवरण सङ्कलन

शुक्रबार, मंसिर ९, २०७९
विराटनगर– मोरङका १० वटा पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पन्न भएको छ । १७ पालिकामध्ये १० वटा पालिकामा विवरण सङ्कलनको काम सम्पन्न भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मोरङ जिल्लामा अहिलेसम्म २ लाख ४५ हजार ८ सय बढी विवरण सङ्कलन भइसकेको छ । नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत गत असोज–४ गतेबाट मोरङमा यो अभियान सुरु भएको हो । रङ्गेली, सुनवर्सी, तथा रतुवामाई, उर्लाबारी नगरपालिका तथा धनपालथान, कटहरी, जहदा, मिक्लाजुङ, केराबारी साथै ग्रामथान गाउँपालिकामा गरि १० वटा पालिकामा विवरण सङ्कलनको कार्य सम्पन्न भइसकेको छ । त्यस्तै लेटाङ नगरपालिकामा अभियान सञ्चालनको तयारी छ । प्रमुख जिल्ला अधिकारी दाहालले आगामी दिनमा नेपाल सरकारबाट प्रवाह हुने सबै प्रकारका सेवा राष्ट्रिय परिचयपत्रमा समेटिने भएकाले नेपाली नागरिकता भएका सबैलाई परिचयपत्र बनाउने अभियानमा सहभागी हुन आग्रह गरे । परिचयपत्र बनाउन जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले मोरङ जिल्लामा बनाउँदा बसाइसराइको कागजपत्र अनिवार्य पेश गर्नुपर्ने हुन्छ । पालिकामा राष्ट्रिय परिचयपत्र बनाउन टोली घरदैलोमा पुगेपछि सर्वसाधारण उत्साहित भएका छन् । यो अभियानमा सर्वसाधारणको उल्लेखनीय सहभागिता हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:४२
प्रतिक्रिया दिनुहोस्