गोठाटारमा गोली प्रहारबाट घाइते व्यक्ति सर्लाहीका व्यवसायी
काठमाडौँ– काठमाडाैंको गोठाटारमा गोली प्रहारबाट घाइते व्यक्ति सर्लाहीका व्यवसायी रहेको खुलेको छ ।
घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् ।
उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:४२
प्रतिक्रिया दिनुहोस्