नेभिगेशन
जीवनयापन

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौँ– पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहेका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ । पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गरेका हुन् । एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका मिति घोषणा भएका बेला राजनीतिक विचार अघि सारी पुस्तक सार्वजनिक भएको हो । कार्यक्रममा मिश्रले संवैधानिक राजसंस्था, संघीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र, कल्याणकारी (सामाजिक) लोकतन्त्रका विषय पुस्तकमा उल्लेख गरिएको जानकारी गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै