यो हो ३ अर्ब ९७ करोडको विश्वको सबैभन्दा महँगो घडी
धेरै मानिसमा घडीको शौख हुन्छ । घडीले समयबारे सहि जानकारी दिने मात्र होइन, ब्यक्तित्व विकाशमा पनि मद्दत गर्छ ।
अझ लग्जरी ब्राण्डका घडिले त धेरै मानिसलाई आर्कषित समेत गर्दछ । यस्ता लग्जरी ब्राण्डका घडीका मुल्य निकै महंगो मुल्य पर्ने गर्दछ ।
लग्जरी ब्राण्डका एउटै घडिको मुल्य, हजारौ, लाखौंसम्म पर्छ । तर कुनै एक घडिको मुल्य ३ अर्ब ९७ करोड पर्याे भन्दा जोकोहिलाई पत्याउन मुस्किल हुन्छ ।
तर केहि बर्ष अघि जेनेभामा लिलामी भएको स्विस लक्जरी ब्राण्डको एउटा घडीको मुल्य ३ अर्ब ९७ करोड १६ लाख ८० हजार भन्दा बढि पुगेको छ ।
पतेक फिलिपद्वारा लिलामी गरीएको ग्रैण्डमास्टर शाइम ६३०० ए–०१० घडी अहिलेसम्म लगाइएको छैन । स्टेनलेस स्टीलद्वारा निर्मित यो घडीको एक मात्र संस्करण छ ।
कालो गुलाबी सुन र १८ क्यारेटको सलिड गोल्ड डायलको प्लेट्सयुक्त यस घडीमा हातद्वारा सिलाइएको गोहिको छालकबाट बैण्ड बनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३०
प्रतिक्रिया दिनुहोस्