Nic Ad Nic Ad
Nic Ad Nic Ad

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

शुक्रबार, मंसिर ९, २०७९
बागमती। मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:२९
प्रतिक्रिया दिनुहोस्