कामु प्रधानन्यायाधीशलाई कुर्ची छोड्न माग (तस्वीहरु)
काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कुर्ची छोड्न निवेदन पेस भएको छ ।
जनताको आयोग महाअभियान नेपालको तर्फबाट तारा बरालले सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् ।
निवेदनमा चोलेन्द्र शमशेर राणालाई महाअभियोग नलाग्ने तर्क प्रस्तुत गर्दै उनको कुर्ची खाली गर्न अनुरोध गरिएको छ। बरालले अनुरोध मंगलबार सर्वोच्चमा पुगेरै दिएकी हुन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउने विषयको विरुद्धमा पनि बराल पहिले नै अनशन बसिसकेकी छिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:१०
प्रतिक्रिया दिनुहोस्