Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयरः १३ वटै समूहको सूचक राताम्मे

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–सेयर बजारमा ३८ अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स ७.०० अंकले घटेर ३५८.८७ विन्दुमा बन्द भएको छ । मंगलबार बजार ओरालो लाग्दा कारोबारमा आएका १३ वटै समूहका सूचक राताम्मे देखिएका छन् । यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ। हाइड्रो पावर, इन्भेस्टमेन्ट डेभलपमेन्ट बैंक समूहको क्रमश ३.३७ , ३.१९ र ३.२ प्रतिशतले ओरालो लाग्यो । यस्तै ट्रेडिङ, मनु एन्ड प्रो, माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घट्यो । यसदिन कालिका पावर कम्पनीको सूचक १० प्रतिशतले ओरालो लाग्यो। यस्तै बरुण हाइड्रोपावरको ८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्षस्थानमा रह्यो । सो कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८२९ रुपैयाँमा सेयर खरिदबिक्री भयो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्