Nic Ad Nic Ad
Nic Ad Nic Ad

चट्याङ लागेर विहारमा २१ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–भारतको पूर्वी राज्य विहारमा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ । राज्यको विपद् व्यवस्थापन प्राधिकरणले घटनाको पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको चट्याङ लागेर मृत्यु भएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै प्राधिकरणले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका छन् । यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार