Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखराका मासु पसलहरूमा अनुगमन

शुक्रबार, मंसिर ९, २०७९
कास्की– पोखरा महानगरपालिकाले आजदेखि चाडपर्वलाई मध्यनजर गरेर बजार अनुगमन सुरु गरेको छ । अनुगमन अन्तर्गत आज पोखराको रामबजार, जिरो किमी, बगर, ट्याक्सी चोक, पोखरा, अमरसिंह क्षेत्रका दुई दर्जन मासु पसलमा अनुगमन गरेको हो । अनुगमनमा पसल दर्ता नभएको, मुल्यसुचि नभएको, मासु वध गर्ने स्थलमा सरसफाइ नभएको देखिएको टोलीले जनाएको छ । साथै, टोलीले एक पसलबाट ७ केजी मासु नियन्त्रणमा लिएको छ । दर्ता नभएका, मुल्यसुचि टाँस नगरिएका व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा बोलाइएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, पोखरा महानगरका सहायक प्रशासकीय अधिकृत जितजंग केसी, महानगर पशु शाखा प्रमुख नवराज अधिकारी, महानगर बजार अनुगमन समितिका सदस्यसचिव भरतराज पौडेल लगायत गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दसैँ र तिहारमा मासुको अत्यधिक प्रयोग बढ्ने भएकाले मासुबाट अनुगमन सुरु गरिएको र अब खाद्यान्न लगायतका पसलहरूमा अनुगमन गरिने र निरन्तर चल्ने कावा प्रमुख एवं अनुगमन संयोजक गुरुङ जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:२८
प्रतिक्रिया दिनुहोस्