Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीरगञ्ज नाकाबाट अर्जेन्टिनाका दुई नागरिक पक्राउ

शुक्रबार, मंसिर ९, २०७९
पर्सा– वीरगञ्ज नाकाबाट बिनाअनुमति नेपाल हुँदै भारत जाने क्रममा दुई अर्जेन्टिनाका नागरिकलाई आज वीरगञ्जस्थित अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित अध्यागमन कार्यालयका अनुसार भारत जानुपूर्व अध्यागमन कार्यालयमा बाहिर जाने अनुमति लिन ( स्ट्याम्प लगाउन) आएका एक महिला र एक पुरुषलाई नेपाल प्रवेश अनुमति नभएका कारण नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो । नियन्त्रणमा लिएका नागरिकमा पासपोर्ट नं एएसी १८७५५८ भएको पब्लो ग्वस्ताभो लोहोज र पासपोर्ट नं एएजी ९५६४१६ भएको मेलानी डिसेरी डिफाजियो रहेको अध्यागमन कार्यालयले जनाएको छ । बिनाअनुमति ८६ दिन नेपाल बसेका उनीहरुलाई अध्यागमन विभाग पठाइएको वीरगञ्जस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागत सहायक लिलबहादुर विष्टले जानकारी दिनुभयो । सन् २०२२ जुन २७ मा भारतको सुनौली नाकाबाट आउट स्ट्याम्प लगाई बिनाअनुमति नेपाल प्रवेश गरी नेपालका विभिन्न ठाउँमा ८६ दिन भ्रमण गरेर फर्कने क्रममा नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:१५
प्रतिक्रिया दिनुहोस्