Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षा मन्त्रालयद्वारा सोचपत्र सार्वजनिक

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले शिक्षासम्बन्धी दिगो विकासलाई मध्येनजर गर्दै शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्नका लागि तयार गरिएको सोचपत्र सार्वजनिक गरिएको हो । सोचपत्रमा शिक्षा नीतिले तोकेका १३ उदेश्य समावेश गरिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । प्रारम्भिक बाल विकास, विद्यालय शिक्षा, उच्च र प्राविधिक शिक्षा, १५ वर्षमा गरिने रुपान्तरणको क्षेत्र र अपेक्षित उपलव्धी तथा सुधारका कार्यहरु सोचपत्रमा समावेश गरिएको मन्त्री पौडेलले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:१४
प्रतिक्रिया दिनुहोस्