नेभिगेशन
जीवनयापन

विकराल बन्दै आत्महत्या तर सरकारलाई छैन कुनै चासो

काठमाडौँ– पछिल्लो समय आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतीको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनको अनुसार प्रत्येक वर्ष करिव ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् ।

यस्तै प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । यसको कुल भागको ७७ प्रतिशत कम आय तथा गरीबी मुलुकहरूमा रहेको पाइन्छ  भने यसको ४९ प्रतिशत भाग दक्षिण एसियाका मुलुकहरूमा रहेको पाइन्छ ।

त्यस्तै, आत्महत्याका घटनाहरू बढि हुने देशहरूमा नेपाल पनि परेको छ । नेपाल श्रीलंका र भारतपछि  तेस्रो स्थानमा छ ।  

नेपालमा सबै भन्दा बढि आत्महत्या प्रदेश नम्बर १ मा हुने गरेको छ । प्रदेश नम्बर १ कुल सङ्ख्याको २२ प्रतिशत आत्महत्याको घटनाहरू हुने गरेका छन् । जसमा बाग्मती प्रदेशमा २१ प्रतिशत लुम्बिनी प्रदेश १९ प्रतिशत र मधेश प्रदेश १५ प्रतिशत रहेको छ  । 

 नेपालको पछिल्लो तीन वर्षको नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा ७६/७७, ७७/७८, ७८/७९ मा क्रमश ६ हजार २ सय ७९ ,७ हजार १ सय ४१ , र ६ हजार ८ सय ३० रहेको छ । जसमा आर्थिक वर्ष ७८/७९ को तथ्याङ् हेर्दा पुरुषको संख्या ३ हजार ८ सय ६० रहेको छ भने महिलाको संख्या २ हजार २ सय ६१ रहेको छ ।

यो तथ्याङ्क अनुसार महिलाहरूको तुलनामा पुरुषहरूले बढि आत्महत्या गर्ने गरेको देखिन्छ ।  त्यस्तै पछिल्लो आर्थिक तिन वर्ष ७६/७७, ७७/७८, ७८/७९ मा  बालबालिकाका  ६ सय ६१ , ७ सय ६५ र ७ सय ९ जनाको आत्महत्या भइसकेको छ ।

यस्तै ७८/७९ को तथ्याङ्क मूल्याङ्न गर्दा बालक २ सय ५३ र बालिका ४ सय ५६ जना देखिएको छ । उक्त तथ्याङ्क हेर्दा बालिकाहरूले बढि आत्महत्या गर्ने गरेको देखिन्छ । 

आत्महत्याको कार्यविधि अनुसार नेपालमा झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या अत्यन्तै बढि देखिएको नेपाल प्रहरीको तथ्याङ्कले जनाएको छ । कुल आत्महत्याको ८३ प्रतिशत आत्महत्या झुन्डिएर हुने गरेको छ ।

त्यस्तै विष सेवनबाट आत्महत्या गर्नेको संख्या १५ प्रतिशत रहेको छ । उपत्यकाको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेहरूको संख्या सबैभन्दा बढि काठमाडौँमा देखिएको छ । जुन भक्तपुरको तुलनामा ४ गुण बढि रहेको छ । 

आत्महत्याको विभिन्न प्रकारहरू हुने र यसले समाजमा नकारात्मक असर गर्ने र साथै पीडितको परिवारमा ठुलो प्रभाव पर्ने गरेको नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक तथा एस पी आशिष दत्तले बताए ।

उनको अनुसार बारम्बार निराशा, एक्लोपन र फन्दामा परेको महसुस हुनु , लागूऔषध र नशालुपदार्थ सेवन बढ्नु , निरन्तर छटपटी र व्याकुलता बढेको महसुस हुनु, भविष्य प्रति निराशापन देखाउनु जस्ता अन्य लक्षणहरू आत्महत्याका सम्भावित लक्षणहरू हुने उनले बताए ।  

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा समुदाय प्रहरीको साझेदारीमा सञ्चालन गरिएको आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना मुलुक कार्यक्रममा बोल्दै गृह मन्त्री बालकृष्ण खाणले मानिसको जीवन ज्यादै महत्वपूर्ण रहेको र ति जीवनको संरक्षण गर्नको लागी नै समाज र राज्यको निर्माण भएको बताउँदै सरकारको पहिलो कर्तव्यको रुपमा सधैँ आम नागरिक रहने गरेको बताए ।

त्यस्तै उनले युवाहरू लगायत कसैले पनि आत्महत्याको बाटो नरोज्न आग्रह समेत गरेका छन् । कार्यक्रममा काठमाडौँका मेयर बालेन्द्र शाहले पनि जीवन महत्वपूर्ण रहेको र एक ठाँउबाट धोका अथवा असफल हुँदैमा मृत्युको बाटो रोज्न नहुने बताए । 

त्यस्तै आत्महत्याको सोचाइ आउने बित्तिकै कसैले पनि आत्महत्या नगर्ने नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक तथा एस पी दत्तको भनाई छ । आत्महत्या सधैँ आवेगमा गरिन्छ , कमजोर आत्मबल भएका मानिसले मात्र आत्महत्या गर्दछन्, बालबालिकाहरूले आत्महत्याको प्रयास गर्दैनन्, भन्ने जस्ता आत्महत्याका बारेमा गलत  धारणहरू रहेको उनले बताए ।

त्यस्तै मनोसामाजिक सहयोग र मानसिक स्वास्थ्य सेवा सहज पहुँच, सामुदायिक क्रियाकलापमा सहभागिता, साथिभाई, परिवार, समाज र अन्य महत्वपूर्ण व्यक्तिहरूको सहयोग, मनका कुरा खोल्न मैत्रीपुर्ण बातावरण जस्ता अन्य उपायहरु अपनाएर आत्महत्या रोेक्न सकिने सम्भावना रहेको नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक तथा एस पी दत्तले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै