चुट्किला
भिखारी
रमेश (भिखारीलाई सम्झाउँदै) — तिमी किन भिख माग्छौ ? यो राम्रो काम होइन त ।
भिखारी— के तपाईंले पनि पहिले भिख माग्नु हुन्थ्यो कि क्या हो ?
रमेश — होइन ।
भिखारी — फेरि तपाईंलाई कसरी थाहा भयो त यो नराम्रो काम भनेर ?
ठूलो कुकुर
एउटा ठूलो कुकुरले सानो बच्चाको मुख, हाततिर चाट्न थाल्यो । कुकुरले चाटेको देखेर बच्चा डराएर चिच्यायो ।
बच्चाको चिच्याहट सुनेर उसकी आमा आई र भनी — के भयो ? कुकुरले टोक्यो कि क्या हो ?
बच्चाले मायालु पाराले जवाफ दियो — होइन होइन अहिलेसम्म चाहिँ चाख्दै छ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:२८
प्रतिक्रिया दिनुहोस्