नेभिगेशन
जीवनयापन

राष्ट्रपतिका कारण राजनीतिक प्रणाली नै खतरामा : वरिष्ठ नेता पाैडेल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक प्रणाली नै खतरामा पारेको टिपप्णी हुन थालेको छ । संसद्को दुबै सदनले पास गरेर पठाएको नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर प्रणाली नै खतरामा पुर्‍याएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ।  पौडेलले सामाजिक सञ्जालमार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका हुन्। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थाविरुद्ध नै प्रहार भएको पौडेलको निष्कर्ष छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु।’  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै