सिँचाइ र शहरी प्रशारण प्रणाली सुधारसम्बन्धि सम्झौता
नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणाली पुनस्र्थापना र शहरी प्रसारण तथा वितरण प्रणाली सुधारसम्बन्धि छुट्टाछुट्टै सम्झौता भएको छ ।
अर्थ मन्त्रालयमा बुधबार भएको सम्झौताअनुसार सिँचाइ प्रणाली पुनस्र्थापना सुधारका लागि करिब २ अर्ब रुपैयाँ र शहरी वितरण तथा प्रसारणका लागि करिब १४.२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपालले उपयोग गर्नेछ ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारको तर्फबाट जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्