Nic Ad Nic Ad
Nic Ad Nic Ad

अख्तियारले गर्यो ७०.६ प्रतिशत उजुरी फछर्यौट

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा ७० दशमलब ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको छ ।  अख्तियारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कुल उजुरी मध्ये १७ हजार १ सय ६९ अर्थात ७० दशमलब ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो । जस अनुसार प्रारम्भिक छानविनबाट तामेली ५ हजार ३ सय २, सुझाव सहित तामेली ४ सय ७४, विस्तृत अनुसन्धान गर्ने निर्णय भएको ८ सय २३ र अन्य आवश्यक कारवाही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढि उजुरी मधेश प्रदेशमा रहेको छ भने सबै भन्दा कम गण्डकी प्रदेशमा रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।  त्यस्तै सबैभन्दा बढी मुद्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी रहेको अख्तियारले जनाउको छ । अख्तियारले बुधबार नै वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:५४
प्रतिक्रिया दिनुहोस्