Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ– सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । बुधबार प्रदर्शनी मार्गस्थित आर.आर क्याम्पस अघि पत्रकार सम्मेलनको आयोजना गर्दै सत्तारुढ विद्यार्थी संगठनहरुले राष्ट्रपति भण्डारीको कदमविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उलंघन गरेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उलंघनमा लागेको विद्यार्थीहरुले आरोप लगाएका छन्। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बिहीबार देखि सत्ता गठबन्धन निकट विद्यार्थीले राष्ट्रपतिविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए । उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति प्रतिगमनको मतियार बनेको संयुक्त विद्यार्थी संगठनको निष्कर्ष रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:५४
प्रतिक्रिया दिनुहोस्