नागरिकता विधेयक पास नगर्न दिएको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ । नागरिकता विधेयक प्रमाणिकरण नगर्न भन्दै माग गरिएको रिट सर्वोच्च अदालतद्वारा खारेज भएको छ ।
संघीय संसदका दुवै सदनबाट पास भएर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको विधेयक प्रमाणीकरण नगर्न भन्दै दिएको रिट अदालतले खारेज गरेको हो ।
अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट न्यायाधीश अनिल सिन्हाको इजलासले खारेज गरेको हो ।
राष्ट्रपति भण्डारीले हिजो १५ दिन [अन्तिम] पुग्दासमेत विधेयक प्रमाणीकरण गरेकी छैनन् ।
उनीहरूविरुद्ध राजधानीका विभिन्न ठाउँहरुमा प्रदर्शन भएको छ साथै राजीनामा समेत मागिएको छ ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको उक्त कदम असंवैधानिक भएको भन्दै आगामी रणनीति बनाउन आफ्ना कानून व्यवसायीहरुलाई बालुवाटार बोलाएका थिए ।
उनीहरुले राष्ट्रपतिको उक्त कदमविरुद्ध सर्वोच्च जान सुझाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:५३
प्रतिक्रिया दिनुहोस्