Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान गठबन्धनलाई कानुन व्यवसायीहरुको सुझाब

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– कानुन व्यवसायीले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरुलाई सुझाब दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनले कानुन व्यवसायीलाई बोलाएको थियो । राष्ट्रपतिलाई संविधानले दिएको जिम्मेवारी उनले पूरा नगरेको उनीहरुको भनाइ थियो । बैठकमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण कुमार श्रेष्ठलगायतले राष्ट्रपतिको कमद असंवैधानिक भएको भन्दै त्यसविरुद्ध सर्वोच्च जान नेताहरुलाई सुझाब दिएका हुन् । छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता पदमबहादुर रोकायाले दोस्रोपटक शीतल निवास पुगेको विधेयकलाई इन्कार गर्न नमिल्ने बताए । ‘संसद्‌बाट विधेयक पारित गरेर पठाइसकेपछि एकपटकलाई पुनर्विचारका लागि पठाउन सकिनेछ । संसद्‌ले त्यसलाई फेरि राष्ट्रपतिलाई पठाइसकेपछि त्यो विधेयकलाई इन्कार गर्ने, आफ्नो खल्तीमा राख्ने, त्यसलाई प्रमाणीकरण नगरिकन बस्ने प्रकारको अधिकार संविधानले दिएको छैन ।’ उनले संविधानभन्दा बाहिर कोही पनि जान नपाउने बताए । संविधानले तोकेको १५ दिनमा विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिबाट संविधान उल्लंघन भएको उनीहरुको भनाइ थियो । मंगलबार विधेयक प्रमाणीकरणका लागि पुगेको १५ दिन पूरा भएको छ । तर राष्ट्रपतिले त्यसलाई प्रमाणी करण गरिनन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:५३
प्रतिक्रिया दिनुहोस्