गगन थापा पुगे कपनको आगलागी भएको घरमा
काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापा कपनस्थित आगलागी भएको घरमा पुगेका छन् ।
बुधबार राति उनी आगलागीबारे बुझ्न घटनास्थल पुगेका हुन् । उनले स्थानीयसँग घटनाबारे जानकारी लिएका छन् ।
कपनको एक ट्रेकिङ अफिसमा बुधबार साँझ भीषणा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । अहिले आगो नियन्त्रणमा आएको छ।
बूढानीलकण्ठ नगरपालिका –११ राम मन्दिर नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।
आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।
घरको माथिल्लो तलामा रहेकाहरूको उद्धार गरिएको छ । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।
मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप विवरण आउँन बाँकी छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:४०
प्रतिक्रिया दिनुहोस्