Nic Ad Nic Ad
Nic Ad Nic Ad

जायजेथा : एक प्रेरक प्रसङ्ग

शुक्रबार, मंसिर ९, २०७९
ग्रिस देशको आतिका नामक गाउँमा आत्विक विपयादिस नाम गरेका मानिस बस्थे । उनी कैयौँ महल, कारखाना र अकूत सम्पत्तिका मालिक थिए । उनीसँग जमिनलगायत सम्पत्तिको कमी थिएन । उनी अवसर पाउनासाथ आफ्नो वैभवको वर्णन गर्न थालिहाल्थे । धेरै बेरसम्म उनको कुरा सुनिसकेपछि सुकरातले सोधे— सेठजी, मलाई ग्रिस देशको नक्साको बारेमा तपाईँसँग केही जानकारी लिनु छ ? उनको अगाडि नक्सा पल्टाउँदै जाँदा नक्सामा त्यो ठाउँ सियोको टुप्पो बराबर मात्र अङ्कित थियो । धनपतिले गाउँ त बताए तर आफ्नो जायजेथा बताउन सकेनन् । सुकरातले चिन्तन पूर्ण मुद्रामा भने— महोदय, सम्पूर्ण भूमण्डलमा ग्रिस एउटा सानो देश हो । तपाईंको सानो गाउँ नक्सामा मुस्किलले देखिन्छ । तर जमिन जायजेथा र कारखाना त कतै पनि देखिँदैन । अब तपाईंले बताएको जमिन जायजेथा र वैभवको बखानबाट तपाईं अभिमानले फुल्नु भएको छ भने त्यसको के महत्व ? यस्तो सुनेर धनपतिको घमण्ड चकनाचुर भयो । साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्