Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसलाई तत्काल सजाय दिन राष्ट्रसंघसँग जेलेन्स्कीकाे आग्रह

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसङ्घसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौँ’,  जेलेन्स्कीलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार माध्यममले जनाएका छन् । रुसले  विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए । जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायधिकरणको स्थापना गर्न आह्वान गरे । उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र सङ्घलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गरे । युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्