Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई पनि स्वदेशी जस्तै मान्यता

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली मान्यता दिएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेम गीत ३’ नेपाली कलाकार, नेपाली निर्माता र नेपाली ब्यानरबाट बनेकाले स्वदेशी सरह नै मान्या दिइएको बताए । ‘निर्माण युनिटले हिन्दी संस्करणका लागि चलचित्र विकास बोर्डबाट केही प्रक्रिया पुरा गर्नुपर्नेछ । त्यसका लागि विकास बोर्डमा छलफल भइरहेको छ’, प्रवक्ता पोखरेलले भने ‘फिल्मले स्वदेशी मान्यता पाउनेछ ।’ ‘प्रेम गीत ३’ को हिन्दी संस्करण विवाद पछि मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीलाई आज मन्त्रालय समेत बोलाएको थियो । मन्त्रालयका प्रवक्ता पोखरेलले सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरिएको थियो ।सोधपुछका क्रममा अध्यक्ष केसीलाई सबै विषय जानकारी गराएर नेपाली मान्यताका लागि पहल गर्न निर्देशन दिइएको प्रवक्ता पोखरेलले जानकारी दिए । भारतमा हाउसफुल ‘प्रेमगीत ३’ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघरमा हाउसफुल भएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउसफुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । आज प्रिमियर शो गरिएको र शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए । केही दिनका लागि शो हाउसफुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बारेमा अन्तर्वार्ता लिएको थियो । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५९
प्रतिक्रिया दिनुहोस्