Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध संरचना हटाइने भएपछि हतारमा पोको पारियो सामान (फाेटाेफिचर)

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको डोजर चल्ने भएपछि वीर अस्पतालको छेउछाउका अवैध संरचनामा भएका सामग्रीहरु उठाइएको छ । महानगरले बिहीबार दिउँसो वीर अस्पताल अगाडिका फार्मेसी सञ्चालन भएका टहराहरु भत्काएको हो। लाइनमै रहेका मेडिकल खाली गरिएका हुन् । महानगरपालिकाको डोजर आएर संरचनामा तयारी भएपछि औषधिहरु पसलेले खाली गरेका हुन् । उनीहरुले आफ्नो सामान पोको पारेपछिमात्र महानगरको डोजर चलेको हो । अहिले महानगरको डोजरले संरचनाहरु भक्ताइरहेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अवैध रुपमा बनेका टहराहरु भत्काउन बुधबार २४ घण्टे अल्टिमेटम दिइएको थियो। सोही अनुसार बिहीबार दिउँसो १ बजे महानगरको डोजर त्यहाँ पुगेको हो।      
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्