Nic Ad Nic Ad
Nic Ad Nic Ad

साना चार कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– साना चार कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार र अवज्ञा गर्ने जनाएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले मंसिर चार गते हुने निर्वाचन बहिष्कार र अवज्ञाको घोषणा गरेका हुन् । मुलुकको संसदीय व्यवस्था दलाल पूँजीवादी रहेकाले चुनावमा भाग लिनु भनेको जनताको दु:ख र शोषण–उत्पीडनलाई प्रश्रय दिनु भएकाले निर्वाचन वहिष्कार गर्ने निष्कर्षमा पुगेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले जानकारी दिए । उनले जनताको हित गर्ने वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढ्न अपिल गर्ने निर्णय भएको बताए । उनले संसदीय निर्वाचन भएपनि मुलुकमा कहिल्यै राजनीतिक स्थायीत्व हुन नसक्ने धारणा राखे । पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले अहिलेको संसदीय व्यवस्थाले जनघात र राष्ट्रघात बढेको बताए। संसदकै कारण मुलुकमा बैदेशिक हस्तक्षेप बढेको र संसद राष्ट्रघातको कारखाना भएको उनको भनाई छ । चार पार्टीले अहिलेको संसदीय व्यवस्थाको अन्त्यका लागि निरन्तर आवाज उठाउने समेत जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३९
प्रतिक्रिया दिनुहोस्