Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरक्षा निकायका प्रमुखहरुबीच भेटघाट तथा छलफल

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापा बीच जङ्गी अड्डामा भेटघाट तथा छलफल भएको छ । नेपाली सेनाका उच्च तहका अधिकृतहरूको समेत सहभागिता रहेको उक्त छलफल कार्यक्रममा समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको थियो । साथै, उक्त छलफल कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरू केन्द्रिय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३९
प्रतिक्रिया दिनुहोस्