राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी संविधानको गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा बिहीवार रिट दर्ता भएको हो ।
अधिवक्ता सुनिलरञ्जन सिंह र सरिता थापाले दर्ता गरेकाे रिटमा राष्ट्रपति भण्डारी तथा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:३८
प्रतिक्रिया दिनुहोस्