Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न संघ र प्रदेशको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने गरेको बताएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली सञ्चार जगतले पत्रकारिताको आचारसंहिताको पूर्ण पालना गर्दै अद्यावधिक निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आफ्नो अपेक्षा रहेको बताइन् । राष्ट्रपति भण्डारीले नेपालमा पत्रकारिताको क्षेत्रको पेशागत आचरण कायम राखी कार्यसम्पादन गर्दै आएको प्रेस काउन्सिल नेपालको नियमन र अनुगमन गर्ने तथा उत्कृष्ट कार्य गर्ने सञ्चार संस्था र सञ्चारकर्मीलाई वर्षेनी पुरस्कृत गर्ने परिपाटीले यस क्षेत्रको समय सुहाउँदो विकासमा मद्दत पुग्ने विश्वास पनि व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले सञ्चार क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै भ्रमपूर्ण सूचना तथा समाचारहरू पनि सम्प्रेषण हुने गरेको पाइएकाले त्यस तर्फ प्रेस काउन्सिल नेपाल र राज्यका संयन्त्रहरू चनाखो रहनु पर्ने बताइन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३८
प्रतिक्रिया दिनुहोस्