Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोविन्द केसीसँगको वार्ता विना निष्कर्ष टुंगियो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता निष्कर्षमा नपुगेको डा केसीका सहयोगी प्रितम सुवेदीले बताए । मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि निष्कर्षमा पुगेको थिएन । डा केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने उनले बताए । डा केसीले उठाएका सबै मागमा बुँदागत रूपमा छलफल भएको सहयोगी सुवेदीले बताए । भदौ २७ गतेदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका ८ बुँदे माग राख्दै डा केसी अनसनमा बसेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३८
प्रतिक्रिया दिनुहोस्