नेकपा (बहुमत)का नेता पेस्तोल र ग्रिनेटसहित पक्राउ
जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का एक नेता पेस्तोल र ग्रिनेटसहित जाजरकोटमा पक्राउ परेका छन्।
नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नविन) लाई पाँच राउन्ड गोली भएको पेस्तोल र प्लाष्टिक हेन्ड ग्रिनेटसहित जाजरकोट नलगाड-६ सिर्केबाट प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट दुई एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल एचजिलट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लाष्टिक हेण्ड ग्रिनेट फेला पारी पक्राउ गरिएको हो।
आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएकामा सात दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए।
नेकपा (बहुमत)का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले विज्ञप्ति जारी गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरेको भन्दै विरोध जनाएका छन्।
पक्राउ परेका नेता नविनलाई विनासर्त रिहा गर्न विज्ञप्तिमा आग्रह गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:२१
प्रतिक्रिया दिनुहोस्