Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । त्यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ । फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ । हालैमात्र फिल्मका निर्देशक अयान मुखर्जीले फिल्मको बजेट र रणवीरको पारिश्रमिकको बारेमा खुलेर कुरा गरेका छन् । अयानका अनुसार रणवीरले फिल्मका लागि कुनै पारिश्रमिक लिएका छैनन् । ‘यो फिल्म हाम्रो त्याग र बलिदानका कारण बनेको हो । त्यसकारण यो सत्य हो कि रणवीरको मूल्य एक स्टार र एक अभिनेताका रुपमा फिल्ममा छैन । उनले फिल्म निर्माणका लागि केही पनि लिएनन् । मलाई लाग्छ, उसको त्याग बिना यो फिल्म बन्न सम्भव थिएन । मलाई थाहा छैन अन्य कलाकारले यसो गर्छन् या गर्दैनन्’, उनले भनेका छन् । फिल्मले १४ औं दिनमा ३ दशमलब १० करोड कलेक्सन गरेको छ । यो सँगै भारतमा यसले २ सय ३० दशमलब ४० करोडको कलेक्सन गरिसकेको छ । शुक्रबार परेको नेशनल सिनेमा डेका कारण फिल्मको कलेक्सनमा अझ बढावा हुने निर्माण पक्षको दाबी छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२६
प्रतिक्रिया दिनुहोस्