नाडा ईभी अटो शो : हेर्नुस् आफूले रोजेको र खोजेको विद्युतीय सवारी साधन
काठमाडौं– नेपालमा पहिलो पटक नाडा ईभी अटो शो सुरु भएको छ । काठमाडौँको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा सुरु भएको शो आइतबारसम्म चल्ने छ ।
नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनको प्रदर्शन भएको छ ।
नाडा ईभी अटो शोमा ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन र तीन पाङ्ग्रे सवारी साधनको प्रदर्शनी राखिएको छ ।
ईभी शोमा हुण्डाई, टाटा, बीवाईडी, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिएका छन् । कम्पनीहरूले साधनलाई आकर्षक तरिकाले प्रदर्शनमा राखेका छन् ।
शोमा ३१ लाख देखि २ करोड १५ लाख सम्मका चार पाङ्ग्रे सवारी साधन रहेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २०:३८
प्रतिक्रिया दिनुहोस्