सत्ता गठबन्धनको बैठक बालुवाटारमा
काठमाडौँ– सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दलका शीर्ष नेताबीच आगामी निर्वाचन सम्बन्धमा छलफल भइरहेको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनका शीर्षस्थ नेताबीच निरन्तर सहमतिको प्रयास निरन्तर जारी छ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धनका शीर्ष नेता सहभागी भएको जनाइएको छ।
हालसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये ८० प्रतिशतमा सहमति जुटेको गठबन्धनले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:२१
प्रतिक्रिया दिनुहोस्