सर्लाहीमा पनि पर्यटन वर्ष,२०२२ मनाइने
सर्लाही । सर्लाहीमा पनि पर्यटन वर्ष –२०२२ मनाइने भएको छ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले लालबन्दी नगरपालिकास्थित भण्डारी होटलमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशका आठ वटै जिल्लामा असोज ९, १० र ११ गते गरि तीन दिन पर्यटन वर्ष –२०२२ मनाइने जानकारी दिएको हो ।
नेपाल होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशले आठ वटै जिल्लामा विभिन्न कार्यक्रम गरि पर्यटन वर्ष मनाउने आयोजकले जनाएको छ ।
पर्यटन वर्ष मनाउने क्रममा तयारीका लागि तीव्र गतिमा प्रचार प्रसार गर्ने, होटलहरुले २५ प्रतिशत रुम र खानामा १५ प्रतिशत छुट समेत दिने होटल व्यवसायीहरूले जनाएको छ ।
पर्यटन वर्ष मनाउने क्रममा पहिलो दिन असोज ९ गते सरसफाइ कार्यक्रम गरिने, १० गते विभिन्न किसिमको कार्यक्रम गरिने र ११ गते प्रभात फेरी गर्ने, लगायतको विभिन्न कार्यक्रम गरि पर्यटन वर्ष मनाउने आयोजकले जनाएको छ ।
खास गरी पर्यटन बढाउन उद्देश्यले पर्यटन वर्ष मनाउन लागिएको नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:०७
प्रतिक्रिया दिनुहोस्