Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचनमा सत्तारुढ दललाई त्रिशूलीको भेलले बगाए जसरी एमालेले बगाइदिन्छ: केपी ओली

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले अनेकथरी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे । अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले अन्य दललाई त्रिशूलीको भेलले बगाए जसरी बगाउने निश्चित भएको दाबी गरे । अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन तर्सेको बताए । उनले भने, ‘अनेकथरी शक्तिहरू मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाबिला गर्ने कुरा गरिरहेका छन् ।” आगामी निर्वाचनमा एमालेको भेलले सबै दललाई बगाउने उनले जिकिर गरे। जहाँ नेपाली, त्यहाँ एमाले अहिलेको अवस्था रहेको बताउँदै अध्यक्ष ओलीले देशभित्र मात्र नभई, देश बाहिर पनि एमालेको जनलहर रहेको बताए । अध्यक्ष ओलीले देशको समृद्धि एमालेको नेतृत्वमा मात्र सम्भव भएको जिकिर गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्