Nic Ad Nic Ad
Nic Ad Nic Ad

गगन थापाकाे पहलमा काठमाडौँ–४ का बासिन्दालाई नि:शुल्क डेंगु परीक्षण हुने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– काठमाडौँ क्षेत्र नं ४ का बासिन्दाले नि:शुल्क डेंगु परीक्षण तथा परामर्श सेवा पाउने भएका छन्। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक घोषणा गर्दै काठमाडौँ क्षेत्र नं ४ का बासिन्दाले नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिइने जानकारी गराएका हुन्। ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ। तपाईँलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर 9860340587मा आफ्नो नाम, ठेगाना,सम्पर्क नं एसएमएस गर्नुहुन अनुरोध छ, थापाले फेसबुकमा लेखेका छन्।    
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:१०
प्रतिक्रिया दिनुहोस्