Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज पनि बस्यो । बैठक अन्तिम निष्कर्षमा नपुगेकाले भोलि फेरि बस्ने प्रधानमन्त्री शेर बहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले रेडियो नेपाललाई जानकारी दिए । परियारका अनुसार बैठकमा सत्तारुढ दलहरूले सिटको सङ्ख्याका बारेमा आ–आफ्ना अडान कायम राखेपछि त्यसमा मिलेर कसरी जान सकिन्छ भन्नेबारे छलफल गरी टुङ्गो लगाउने प्रयास हुँदै आएको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन दलहरूबीच आसन्न निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने सहमति रहेकाले त्यसपछि लिनुपर्ने बाटो पनि आपसी समझदारीबाट निस्कने नेताहरूले बताउँदै आउनुभएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रूपमा बस्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०५
प्रतिक्रिया दिनुहोस्