Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुन मौसममा के खाने ?

बिहीबार, मंसिर ८, २०७९
– हामीले मौसमअनुसार खानपानमा विशेष ध्यान दिनुपर्छ । गर्मी मौसममा भोक कम लाग्छ । बढी मात्रामा पेयपदार्थ पिउन मन लाग्छ । यदि खानेकुराहरुभन्दा पेयपदार्थ बढी लियौँ भने हामीलाई अल्सर लाग्ने सम्भावना बढी हुन्छ । त्यसकारण हामीले तरलपदार्थको साथमा केही हल्का खानेकुरा पनि लिनुपर्दछ । – गर्मी मौसममा पेटभरि खाना खाँदा पचाउन गाह्रो हुने हुँदा हल्का र कम क्लोरियुक्त खाना खाने गर्नुपर्दछ । भिटामिन ए के र सी युक्त खाना खानुपर्छ । जसले आँखा सफा राख्छ साथै खाना पचाउनमा मद्दत गर्छ । दैनिक १०–१५ गिलास पानी पिउनुपर्छ । यो मौसममा मधुमेहका विरामीहरुले मेथी, अमला, सलाद, काँचो करेलाको रस नियमित सेवन गर्नुपर्छ । – वर्षा ऋतु (मौसम) मा हल्का र छिट्टै पच्ने खाना खानुपर्छ । यो मौसममा खानपानमा विशेष ध्यान नदिए स्वास्थ्य बिग्रन्छ, फलस्वरुप अपच, अजीर्ण, कब्जियत आदि रोगले समात्ने सम्भावना हुन्छ । यो मौसममा लसुन, कागतीमिश्रित खानेकुरा लाभदायक मानिन्छ । खाना खानुअघि एक गिलास पानीमा थोरै कागतीको रस र चिनी मिसाएर पिए लाभ हुन्छ । तर, भोजनसँगै पानी भने लिनु हुँदैन । साउन महिनामा सागसब्जी दूध नखानू नै बेस हुन्छ । किनकि, यो मौसममा ठेउला, घमौरा, टाइफाइड, पित्त ज्वरो, कब्जियत, हैजाजस्ता रोग फैलन सक्छन् । त्यसैले बासी सडेगलेका खानाबाट पनि टाढै बस्नु राम्रो मानिन्छ । साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:५२
प्रतिक्रिया दिनुहोस्