यस्ताे छ आजकाे लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २० पैसा र बिक्रीदर १२६ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ३९ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५१
प्रतिक्रिया दिनुहोस्