Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त: शंकर पोखरेल

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बतएका छन् । शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना बिभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरुको ध्यान आर्थिक लाभमात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् । उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउने काम एमाले मात्रै गर्ने उनले बताए । नेतृत्वको प्रश्न सुल्झाउने चूनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै बिषय नभएको उनले बताए । उनले अव मुलुकलाई रुपान्तरण गर्ने प्रश्नमा सहमति हुनेहरु एकठाउ उभिन जरुरी रहेको धारणा राखे । उनले नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने बताए । पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा चूनावमा जाने घोषणा गरेपनि गठबन्धनको भने कुनै नेतृत्व नै नभएको टिप्पणी गरे । पोखरेलले मुलुकको उचित बिकासको मोडललाई अवलम्वन गर्नुपर्ने जिकिर गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४४
प्रतिक्रिया दिनुहोस्