दुई महिना अघि नै अभियान चलाएको भए डेंगीको महामारी आउने थिएन: डा पुन
काठमाडौँ– सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडीदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर–घरमा डेंगी पुगेको महसुस गर्न थालेको बताए।
डा.पुनले आफुले एक दिनमा ७०/८० जनासम्म डेंगीका बिरामी जाच्ने गरेको सुनाए । पछिल्लो समय व्यवसायीहरुले वरिपरि लामखुट्टे धपाएर बस्ने की कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताए ।
नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकोले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्ताउला भन्न नसकिने उनको भनाई छ ।
सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेको उल्लेख गर्दै उहाले बिरामीको संख्या धेरै हुनसक्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:४४
प्रतिक्रिया दिनुहोस्