नेपाल रिलिजअघि नै ‘प्रेमगीत ३’ को हिन्दी भर्सन लिक
काठमाडौँ– प्रेमगीत ३ को हिन्दी भर्सन लिक भएको छ ।
नेपालसँगै विश्वभर प्रदर्शन भैरहेको चलचित्र एक अनलाइनले एपको सहायतामा पूरा फिल्म डाउनलोड गर्ने अप्सन सहित फिल्म पाइरेसी भएको हो ।
भारतीय फिल्मको हकमा यसरी लिक हुनु पछिल्लोसमय सामान्य नै जस्तो बन्दै गैरहेको छ ।
निर्माण युनिटका अनुसार हिन्दी भर्सनको प्रेमगीत ३ यहि सोमबारबाट नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ ।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा ७ करोड ७५ लाख बढी कमाइ गरेको छ।
प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो।
भारतीय ट्रेड विश्लेषक तरन आदर्शका अनुसार ‘प्रेम गीत ३’ ले प्रदर्शनको पहिलो दिन भारतीय बजारमा ९२ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ।
यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो।
फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।
शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ।
यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ।
नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १३:१७
प्रतिक्रिया दिनुहोस्