मृत्युको डर : एक प्रेरक प्रसङ्ग
एक माझी हरेक दिन समुद्र किनारमा गएर माछा मार्थ्याे र त्यसैबाट आफ्नो जीविका चलाउँथ्यो । एक दिन समुद्रमा आँधी आयो । त्यसबाट आएको छालले माझीका सबै परिवारलाई बगाएर लग्यो । उसको छाप्रो पनि नष्ट भयो । तर पनि माझीले समुद्र किनारमा बसेर माछा मार्न छोडेन ।
उसको यो नियमित कार्य देखेर उसको साथीले सोध्यो— मित्र ! यो समुद्र तिम्रो परिवारको विनाशको कारण बन्यो तर पनि तिमी दिनदिनै यहाँ आइरहेका छौ । के तिमीलाई मृत्युको डर छैन ?
माझीले भन्यो— मृत्युको भय कसैलाई होस् या नहोस्, त्यो आउने त निश्चित छ । तिम्रो परिवारका कोही पनि यो समुद्रमा आएका छैनन् तर पनि उनीहरुको मृत्यु भयो । मृत्यु कहिले र कसरी आउँछ भन्ने कुरा अहिलेसम्म कसैले थाहा पाउन सकेका छैनन् । त्यसैले म व्यर्थमा किन डराएर बसूँ ?
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:२६
प्रतिक्रिया दिनुहोस्