सफल हुनु छ भने सधैँ समझदार कुरा मात्र गर्नुस्
सफल हुन तथा प्रमोसन पाउनको लागि तपाईंले सबैको अगाडि असल छवि बनाउनुपर्छ — समझदार, परिपक्व, शान्त, भरोसा गर्न योग्य, अनुभवी । तर कहिलेकाहीँ तपाईंको सारा मिहिनेत लापरबाही भरिएको एक शब्द या एक पलको कारणले बेकार हुन सक्छ ।
तपाईं यी मामिलामा आफूलाई नियन्त्रित राख्नुपर्दछ :
– गलत मौका गलत टिप्पणी ।
– समुदायको कुनै खास हिस्सालाई आहत गर्ने चुट्किला, या टिप्पणी ।
– कुनै पनि रुपमा लिङ्गभेद ।
– मानिसलाई तुच्छ सम्झेर व्यवहार गर्नु ।
– घमण्ड ।
– आवेश ।
– चोट पु¥याउने खालको गाली ।
– हल्ला, सिकायत, आलोचना ।
समझदारीको नीति के हो भने लगातार बकबक गर्नुको सट्टा थोरै बोल्न नै उपयुक्त हुन्छ । अर्को कुरा, यदि तपाईं बोल्नुभन्दा पहिले सावधानीपूर्वक सोच्नुहुन्छ, तौलनु हुन्छ, आफूलाई नियन्त्रण गर्नुहुन्छ भने सम्भवतः तपाईंको कुरा सटीक हुन्छ, तपाईंको भाषा राम्रो हुन्छ तथा तपाईंले समझदारीले भरिएको कुरा नै बोल्नुहुन्छ ।
यसप्रकार तपाईंको छवि समझदार तथा परिपक्व व्यक्तिको बन्छ । मानिस तपाईं कहाँ सल्लाह र मार्गदर्शन लिन आउँछन् । किनकि तपाईं संयमपूर्वक बोल्नुहुन्छ बकवास गर्नुहुन्न । तिनले तपाईंलाई भरोसा गर्न थाल्छन् । तपाईं स्वाभाविक रूपले प्रमोसन तथा सफलताको दाबेदार बन्नुहुन्छ ।
तपाईंले जे भन्नुहुन्छ त्यो प्रभावकारी होस् । तपाईं टिभीमा हिजो राति के हेर्नुभएको थियो आदि कुरा नगर्नुहोस् । यसमा कसैलाई पनि रुचि लाग्दैन । तपाईँसित भन्नको लागि कुनै महत्वपूर्ण कुरा नभएसम्म चुप रहनुहोस् ।
साभारः ‘तपाईंको जीत’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२२
प्रतिक्रिया दिनुहोस्