आबेको अन्तेष्टि खर्च बेलायतकी महारानीकाे भन्दा बढी
काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि गर्न बेलायतकी महारानीको खर्च भन्दा बढी हुने भएको छ । देशका जनताको चर्को आलोचनाबीच पूर्व प्रधानमन्त्रीको अन्तेष्टिमा १.६६ अर्ब जापनिज यन खर्च लाग्ने भएको छ।
अर्को साता हुने अन्तेष्टिको लागतलाई लिएर भएको चर्को आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो । सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो ।
आबेको अन्त्येष्टिको विवादले जापानमा प्रदर्शन सुरु गरेको छ । यसै साताको सुरुमा आबेलाई राजकीय अन्तेष्टि गर्ने सरकारको घोषणाको विरोधमा एक व्यक्तिले प्रधानमी फुमिको किसिदाको आवास नजिक आत्मदाहको प्रयास गरेका थिए ।
आबेको अन्तेष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसहित २१७ देशका ७०० पाहुनाहरु सहभागी छन् । प्रधानमन्त्रीको रूपमा आबेको नीतिहरूले जापानलाई विभाजित गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५१
प्रतिक्रिया दिनुहोस्