राजनीति दलहरूसँग छलफल गर्दै आयाेग, आचारसंहिता लागू गर्ने तयारी
काठमाडौँ । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने तयारी गरेको छ । आचार संहिताको लागि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्ने भएको छ।
गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने बितिक्कै लागू हुनेछ ।
सङ्घीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३३
प्रतिक्रिया दिनुहोस्